• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

मौद्रिक नीति आज सार्वजनिक हुने पक्का

काठमाण्डौं - करिब एक महिना ढिलो गरि मौद्रिक नीति सार्वजनिक हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति आज बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको र त्यसपछि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंकका प्रवत्ता देव कुमार ढकालले बताए ।

’मौद्रिक नीति शुक्रबार बिहान सञ्चालक समितिमा पेश गर्ने तयारी छ, त्यसपछि सम्भवत शुक्रबार नै सार्वजनिक हुन पनि सक्छ,’ उनले भने ।

गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक हुन लागेको हो ।

प्रतिक्रिया