रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड आज ९:३० बजे हुने छ ।
उक्त आईपीओको बाँडफाँड सोमबार बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा गरिने भएको क्यापिटलले जनाएको छ । आईपीओको प्रि(अलटमेन्ट शुक्रबारसम्पन्न भएको थियो ।
कम्पनीको आईपीओमा करिब साढे २० लाखले आवेदन दिएका थिए । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।
लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३।१० गुणा बढी हो ।