बुधबार पनि आक्रामक बढेर शेयर बजार २८ सय नजिक पुग्यो,कारोबार रकममा पनि बृद्धि

काठमाण्डौ । यो साताको सुरुवाती दिन देखिनै आक्रामक बृद्धि भएको शेयर बजार २८ सय विन्दु नजिक पुगेको छ । 

चाडपर्व सकिन लागेसँगै शेयर बजारमा लगानीकर्ताको आकर्षण फेरी बढेको देखिएको छ । यो समाचार तयार पार्दा सम्म बजार मापक इन्डेक्स नेप्से २७ सय ८७ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा ब्पापक उतार चढाव देखिएको छ । 

विगतमा कारोबार रकम निकै न्युन देखिए पनि आज भने यो अवधिमा ३ अर्व हाराहारीको कारोबार भइसकेको छ । कारोबार भएका कम्पनीहरुमा अधिकांस कम्पनीको शेयर मूल्य बृद्धि भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय