साताको अन्तिम दिन पनि नेप्से सामान्य अंकले बढ्यो,कारोबार रकम भने ८ अर्व नजिक

काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से करिव ३ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ । 

बुधबार सतकले बढेको नेप्से आज पनि उतारचढावका विच बजार सामान्य बढेर बन्द भएको छ । योसँगै समग्र बजार २८१९ विन्दुमा पुगेको छ । आज बैकका लगानीकर्ताहरुले कमाए पनि अन्य क्षेत्रको शेयर मूल्य भने घटेको छ । नेप्सेमा सामान्य बृद्धि भए पनि कारोबार रकम हिजोको तुलनामा केहि सुधार आएको  छ । आज सात अर्व ७२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । 

कारोबार भएका २२८ कम्पनीहरुमा ५६ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । फाइनान्स र बैक उप सूचक बाहेक अन्य सबै सूचक आज रातै भएका छन । सानीमा बैकको शेयर कारोबार सबै भन्दा धेरै हुँदा मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । 

विहिबार सुरुको केहि समय आक्रामक बढेको नेप्से निकै उतारचढाव विच सामान्य बढेको हो । मौद्रिक राष्ट बैकको मौद्रिक निति पछि शेयर बजारमा उतारचढाव आइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय