साताको अन्तिम दिन प्रिओपन सेसनमा २ अङ्क भन्दा धेरैले बढ्यो नेप्से 

काठमाण्डौ । बिहीबार दोहोरो अङ्कले घटेको शेयर बजार शुक्रबार प्रिओपन सेसनमा भने २ अङ्क भन्दा धेरैले बढेको छ  । 

आजको बुद्धिसँगै समग्र बजार २१५० विन्दुमा पुगेको छ । यो सेसनमा २१ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । 

नबिल बैंकको सबै भन्दा धेरै कारोबार हुँदा ४ कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । आज २० लाख ९८ हजार भन्दा धेरैको शेयर किनबेच भएको छ । उपसूचकमा जलविद्युत र फाइनान्स घटेका छन भने अरुमा हरियाली छाएको छ । 

प्रतिक्रिया