काठमाण्डौ । शेयर बजार ओरालो लाग्नेक्रम रोकिएको छैन । सोमबार अर्धशतक हाराहारीमा घटेको बजार मंगलबार प्रिओपन सेसनमा पनि सामान्य अङ्कले घटेको छ ।
यो सेसनमा आज शून्य दशमलव ५६ अङ्कले बजार घटेको छ । योसँगै समग्र बजार १८८४ विन्दुमा पुगेको छ । यो विन्दु विगत एक वर्ष यताकै न्यून विन्दु हो । मौद्रिक नीति आएपछि ओरालो लागेको शेयर बजार घट्नेक्रम राेकिएको छैन ।
आज दश कम्पनीहरूको ३ लाख भन्दा धेरैको शेयर किनबेच भएको छ भने कारोबार भएका मध्य ५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको भने घटेको छ ।
माउटेण्ड जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा सबै उपसूचकमा रातो पोतिएको छ ।