आन्दोलनको उपलब्धी - AON हट्ने, ब्रोकरको शाखा विस्तार हुने

काठमाडौं - शेयर बजारको सुधारको लागि केही दिन अघि लगानीकर्ताले गरेको आन्दोलका उपलब्धि देखिन थालेको छ । 

 सहमति कार्यान्वयन समितिको पहिलो बैठक आइतबार बसेको छ। आइतबार बसेको समितिको बैठकले ३ वटा मुख्य निर्णयहरु गरेको छ। 

कार्यान्वयन समितिको बैठकले ब्रोकर कम्पनीहरुको शाखा विस्तार गर्न दिने निर्णय गरेको छ। शाखा विस्तारको लागि बोर्डमा आवेदन दिएका ब्रोकर कम्पनीहरुलाई शाखा विस्तारको अनुमति दिने निर्णय अगुवा लगानीकर्ताका रोहन कार्कीले जानकारी दिनु भएको छ । 

त्यसैगरी एओएन हटाउने निर्णय समितिले गरेको छ। अहिले खरिदतर्फ मात्रै एओएनको व्यवस्था रहेकोमा अब खरिद र बिक्री दुबैतर्फ एओएन हटाउने निर्णय भएको उनले बताए। "दुबैतिर राख्ने कि हटाउने भन्ने विषयमा छलफल भएको थियो। अन्त्यमा दुबैतिर हटाउने कुरामा सहमति भएको छ।" कार्किले भने।

 

 

प्रतिक्रिया