रमेश सेन्चुरी : बाग्लुङ गैरागाउँ काठमाडौं बिश्वकर्मा समाजको हालै सम्पन्न भएको अधिवेशनले नवनियुक्त कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा निर्वाचन मण्डलका संयोजक क्याप्टेन रामकृष्ण बिश्वकर्माले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्षमा सूर्यबहादुर बिश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा होममान विश्वकर्मा, उपाध्यक्षमा सरोज विश्वकर्मा, महासचिवमा राम विश्वकर्मा, सचिवमा भुपेन विश्वकर्मा, कोषाध्यक्षमा तिलक विश्वकर्मा, सहकोषाध्यक्षमा लालबहादुर बिश्वकर्मा, सदस्यहरूमा भूमिराम विश्वकर्मा, बाबुराम विश्वकर्मा, रमेश विश्वकर्मा, विपिन विश्वकर्मा, विरेन्द्र विश्वकर्मा (विक्की) तथा महिला सदस्यहरूमा चन्द्र विश्वकर्मा, सरस्वती विश्वकर्मा निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नारायण बिश्वकर्माले आफ्नो कार्यकालमा साथ दिने सम्पूर्ण पदाधिकारी समाजका अग्रजहरु, प्रेस सल्लाहकार, कानुनी सल्लाहकार लगायतलाई सबैलाई धन्यवाद दिदै बाँकी छुटेका कामकार्यहरु नयाँ कार्यसमितिले गर्ने आश व्यक्त गरे । कार्यक्रममा सस्थापक अध्यक्षले समाजलाई उजागर गर्ने नयाँ कार्यसमितिले धेरै काम गर्ने पर्ने चुनौती रहेको बताए, उनले आफुले सस्था जन्माउन धेरै दुख कष्ट गरेको बताए ।
कार्यक्रममा बागलुङ बिश्वकर्मा समाजका नवनियुक्त अध्यक्ष सुर्य बिश्वकर्मा, बरिस्ठ उपाध्यक्ष होममान बिश्वकर्मा र कानुनी सल्लाहकार धनकाजी बिश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए, कार्यक्रमको संचालन महासचिव राम बिश्वकर्माले गरेका थिए ।