आईएमई लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासन हुने

काठमाडौं - आईएमई लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासन हुने भएको छ । 

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशनको लागि सिभिल क्यापिटल चयन भइसकेको छ भने यो कम्पनीले रेटिङ "केयरएनबी ट्रीबल बी" पाएको छ । 

२०७४ देखि कारोबार सुरु गरेको कम्पनीले विभिन्न योजना लिएर ग्राहकसँग पुगेको छ । अहिले कम्पनीको पूँजी १.४ अर्ब रहेको छ भने अब २ अर्ब हुने छ । 

यो कम्पनीका १२० भन्दा धेरै शाखा रहेका छन् भने १८ हजार भन्दा धेरै अभिकर्ताहरु रहेका छन् । यो कम्पनीमा ग्लोबल आईएमई बैंक,आईएमई ग्रुप लगाएतका प्रतिष्ठित कम्पनीको लगानी रहेका छ । 

आईएमई सेन्टर मार्फत पनि ग्राहक सँग जोडिने भएको हुँदा यो कम्पनीको पहुंच व्यापक हुने विश्वास लिइएको छ । 

प्रतिक्रिया