काठमाण्डौ । आइतबार बढेर सोमबार र मंगलबार घटेको बजार बुधबार भने फेरी उकालो लागेको छ । आज शेयर बजारमा हरियाली छाए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन ।
आज नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर समग्र बजार १९६२ विन्दुमा पुगेको छ । आज १ अर्ब ४३ करोड भन्दा धेरै मूल्यको शेयर किनबेच भएको छ । कारोबार भएका २२८ कम्पनीमा २ कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दै १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
उपसूचक आज सबै हरियाली रहे तर जलविद्युत उपसूचक भने केही दबाबमा देखियो । बीमा उपसूचकमा धेरै अङ्कको वृद्धि हुँदा मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै प्रतिशत घटेको छ ।
न्यादी पावर कम्पनीको शेयर आज सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । आज आधि खोला लघुवित्त र सिवाइसी लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ ।