• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

झिनो अंकले नेप्से बढ्यो कारोबार रकम भने १८ अर्वमाथि

काठमाण्डौ - मंगलबार नेप्से शुन्य दशमलव २३ विन्दुले बढेको छ । दिनैभरि जसो उतारचढाव रहेको नेप्से बन्द हुने बेला सामान्य हरियो मात्र देखिएको छ । 

नेप्सेमा उत्साह नआए पनि कारोबार रकम भने हिजोको तुलनामा बढेर १८ अर्व २० करोड पुगेको छ । आज दिनैभरिमा २२१ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ भने एक दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागको छ । आज विकास बैक,वित्त र जलविद्युतका लगानीकर्ता मालामाल बनेका छन भने जीवन विमा समूह भने सबै भन्दा धेरै घटेको छ । 

आज कारोबार भएका मध्य ८६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १०० भन्दा धेरै कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज अपि पावरको शेयर सबैभन्दा धेरै खरिदविक्री भएको छ । 

प्रतिक्रिया