जीवन विकास लघुवित्तको शेयर भोली बाँडफाँड हुने

काठमाण्डौ - जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँट गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ भोलि बाँडफाँट गर्ने भएको हो ।

लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।

प्रतिक्रिया