• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

जीवन विकास,मनकामना र युनियनको शेयर किन आएन दोस्रो बजारमा ? यस्तो छ कारण

काठमाण्डौ - केही समय पहिला प्राथमिक शेयर निष्कासन गरेका ३ कम्पनीहरुको शेयर अझै सम्म पनि नेप्सेमा सूचीकृत गरिएको छैन । 

१० दिन भन्दा धेरै समय पुग्दा पनि शेयर सूचीकृत नगर्ने कम्पनी ३ ओटा रहेका छन् । जीवन विकास लघुवित्त,मनकामना स्मार्ट लघुवित्त साथै युनियन लाइफ इन्स्योरेन्स । 

यी ३ कम्पनी मध्य जीवन विकास लघुवित्त केही दिन अघि मात्र नेप्सेमा निवेदन दिन गएको छ भने बाँकी कम्पनी शेयर सूचीकृत लागि आवेदन समेत दिन गएका छैनन । किन यसरी ढिलो भैरहेको छ त ? 

१. साउन देखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ । नयाँ आर्थिक वर्षमा नेप्सेमा नविकरण गर्नु पर्ने हुन्छ । असारमा शेयर सूचीकृत गर्ने कम्पनी साउनमा फेरि नविकरण गर्नु पर्ने भएका कारण एकैपल्ट साउनमा सूचीकृत गर्न आजसम्म ढिलो भएको हुन सक्छ । 

२. निषेधाज्ञा पूर्णरुपमा नखुलेका कारण कर्मचारी अभावमा पनि तोकिएको समयमा काम हुन नसकेको हुन सक्छ । 

३. नेप्सेले कम्पनीको सम्पूर्ण कागजपत्र अनलाइन बाट पठाउनु पर्ने व्यवस्था गरेको छ । सम्पूर्ण आबस्यक विवरण अनलाईन बाट पठाउनु पर्ने भएको हुँदा कम्पनीले चासो दिएका छैन । जुन कुराले पनि यो प्रक्रिया झन्झटिलो भएको छ । 

करिब २ हप्ता सम्म पनि शेयर सूचीकृत नगरेका कम्पनीहरुले आगामी साता सूचीकृत गरि शेयर कारोबार गर्न सक्ने अनुमान गर्न सकिन्छ । 

प्रतिक्रिया