अस्मिताले अभिनय गरेको मौलिक गीतले दर्शक भावुक

काठमाण्डौ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आउन अब एक महिना पनि बाँकी छैन । तर नेपाली सांगीतिक क्षेत्रमा भने आज भन्दा एक महिना अघिबाट नै तीज गीत सार्वजनिक भइरहेका छन ।

तीजको समयमा नारीका बेदना बोकेका मात्र गीतहरू सार्वजनिक भएका छैनन् माया प्रेम र समाजका विकृति माथि पनि गीत बनेका छन । विगतमा जस्तो छोरी चेली लिनको लागि लामो बाटो हिँडेर जानु पर्ने अवस्था पनि अहिले छैन साथै सामाजिक सञ्जाल लगायत सञ्चारको विकासले तीजको महत्वलाई केही कमी गर्दै लगेको देखिन्छ । यति हुँदा हुँदै पनि तीजमा चेलीका बेदना बोकेका गीतहरू सार्वजनिक भइरहेका छन र दर्शक स्रोताको मन समेत जितिरहेका छन । 

कुशल मोडल अस्मिता रानाले अभिनय गरेको नयाँ निकै चर्चामा छ । विशेष गरी समाजिक सञ्जालमा गीतलाई अत्यन्तै मन् पराइएको छ । गीतले चलनचल्तीमा रहेका र हजुरआमाले व्यक्त गर्ने भावमा गीतका टुक्का तयार पारिएको छ । गीतलाई सार्वजनिक भएको छोटो समयमै धेरै टिकटक बनाएर साथ दिएका छन । गीतका धेरै टुक्का टिकटकमा भाइरल जस्तै भएका छन भने यो समचार तयार पार्दा सम्म गीतका एक लाख भन्दा धेरै पटक टिकटक बनाएको छ । 

गीतलाई रिता आचार्य कँडेल आफैले लय,शब्द तथा आवाज दिएकी छन भने गीतको सम्पूर्ण लगानी भने दीपिका म्युजिकले गरेको हो । गीतको म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन भने अस्मिता राना,गायिका आचार्य लगायतले अभिनय गरेका छन । सदाबहार हुने र असली चेलीको भाव बोकेको गीत भएका कारण आफुँले गीतमा लगानी गरेको दीपिका म्युजिकका सञ्चालक तथा सर्जक दीपक कँडेलले हामीलाई बताउनु भयो । 

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको गायिका कँडेलले बताउनु भयो । आमा छन जेल हो भन्छन् माइत,भाइले माया गर्ला नि मलाई त बोलको टुक्का टिकटकमा सर्वाधिक रुचाइएको छ । 

सो गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस् 

 

प्रतिक्रिया