शेयर बजारको खुसी एक दिन पनि टिकेन,सोमबार नेप्से र कारोबार रकम दुवै घट्यो

काठमाण्डौ । आइताबार शतक हाराहारीमा बढेको शेयर बजार सोमबा भने घटेको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको हो । 

आज नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घटेको छ । योसँगै समग्र बजार १९३३  विन्दुमा पुगेको । त्यस्तै कारोबार रकम पनि घटेर २ अर्ब ४ करोडमा आएको छ । यो कारोबार रकम हिजोका तुलनामा केही कमी हो ।
 
आज दिनभरिमा २२९ कम्पनीको शेयर किनबेच भएकोमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेका सबै उपसूचकमा रातो पाेतिदा बीमा समूह सबै भन्दा धेरै दबाबमा परेको छ । 

आज नागरिक लगानी कोषको शेयर धेरै मूल्यको किनबेच हुँदा उन्नति सहकारी संस्थाको शेयर मूल्यका नकारात्मक सर्किट लागेको छ । 

 

प्रतिक्रिया