शेयर कारोबार बढ्दा यी १० ब्रोकर कम्पनीलाई मालामाल


काठमाण्डौं–निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ । केही समयपहिले २१ अर्बसम्म कारोबार भएको बजार असोजको महिनामा सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा आज कारोबार र इन्डेक्स दुवै बढेको छ । 


बजारमा आज पनि केही नाम चलेका ब्रोकर कम्पनीले नै बढी कारोबार गरेको देखिन्छ । आजको ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) देखिएको छ ।  नासाले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ । नासाले आज ४७ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ३९ करोड ५५ लाख ७२ हजार रुपैयाँबराबरको बिक्री गरेको छ । 


त्यसैगरी दोस्रो उच्च कारोबार गर्ने ब्रोकरमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ। यो ब्रोकरले खरिदभन्दा बढी बिक्री गरेको छ। यो ब्रोकरले ३१ करोड ८५ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दै २३ करोड २९ लाख रुपैयाँबराबरको खरिद गरेको छ । तेस्रोमा भिजन सेक्युरिटिज स्टक (ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले २७ करोड ४५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने २६ करोड ७४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

चौथोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) छ। यो ब्रोकरले २६ करोड ३४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २७ करोड ४५ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।  पाँचौँ नम्बरमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) ले ३० करोड ९७ लाखको खरिद गरेको छ भने १८ करोड ५४ लाख बराबरको बिक्री गरेको छ। छैटौँमा आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) ले २४ करोड रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले २२ करोड ७६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 


सातौँ नम्बरमा दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) रहेको छ। दिपशिखाले २१ करोड ६७ लाख बराबरको सेयर खरिद गरेर २२ करोड ५२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। आठौँमा दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३३)ले २० करोड ८५ लाख बराबरको खरिद गरेको छ भने १५ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। नवौँमा एबीसी सेक्युरिटिज ((स्टक ब्रोकर नम्बर १७) ले १३ करोड रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने २२ करोड ५५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।  त्यसैगरी दसौँ नम्बर श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) रहेको छ। यो ब्रोकरले १४ करोड ३१ लाख रुपैयाँबराबरको खरिद गरेर १९ करोड ६० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
 

प्रतिक्रिया