हिमालयन रिइन्स्योरेन्सको कारोबार भोलिबाट हुने

काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ तर अघिल्लो हप्ता भने दोस्रो बजारमा कारोबार हुन सकेन ।  

कम्पनीले दिएको जानकारी अनुसार भोलि सोमबारबाट कम्पनीको शेयर कारोबार हुने भएको छ । कम्पनीको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको आरटीएस सेवा एनएमबि क्यापिटलले गर्नेछ ।

कतिमा होला पहिलो कारोबार ?

कम्पनीको अन्तिम अडिट रिपोर्ट हेरेर मूल्य तय गरिन्छ । यसरी हेर्दा रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८/७९ को अडिटेड रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीले यसैको ३ गुणा बढी सम्म ओपनिङ मूल्य पाउने छन् । १०३.७ देखि ३१०.१० सम्ममा पहिलो कारोबार हुने छ । 

कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो। 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय