• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

प्रिओपन सेसनमा करिव ६ अंकले बढ्यो नेप्से,जीवन वीमामा लगानीकर्ताको आकर्षण

काठमाण्डौ । साताको पहिलो दिने आइतबार प्रिओपन सेसनमा नेप्से ५ दशमलव ५७ अंकले बढेर समग्र बजार ३१८६ विन्दुमा पुगेको छ । 

आज कारोबारको प्रकृति हेर्दा वीमा सममूहमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ । चार दिन अघि बजार बन्द हुने दिन समेत वीमा समूहमा उछाल आएको थियो । 

आज यो सेसनमा ७० कम्पनीहरुको एक करोड ८० लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । जसमा अरुण कावेली जलविद्युतको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । कारोबार भएका मध्य ३० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २८ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै दश कम्पनीहरुको शेयर भने यथावत रहेको छ । 

प्रतिक्रिया