अर्थमन्त्रीमा वर्षमान पुन,शेयर बजारको हरियो कार्पेट

काठमाडौं - लामो कसरतपछि नयाँ अर्थमन्त्रीको टुंगो लागेको छ । अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन बन्ने भएका हुन् ।

पुन अर्थमन्त्री हुने पक्का भएकै दिने नेप्सेमा सामान्य हरियाली छाएको छ । बुधबार बजार ९.३३ अंकले बढेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशतले घटेको हो । त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्ड फण्डको ५.५४ प्रतिशत, गुराँस लघुवित्तको ४.५२ प्रतिशत, बिपीडब्लु लघुवित्तको ३.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया