काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । बिहान ६:५२ जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।
एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए।