काठमाडौं - काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओ जारी गर्दा प्रिमियम मार्फत लिएको रकम जगेडा कोष (रिजर्भ)मा राख्न निर्देशन दिएको छ । प्राधिकरणले बुधबार प्रिमियममा आईपीओ जारी गर्ने बीमा कम्पनीहरुलाई पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।
पछिल्लो समय संसदको सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रमियम मुल्यमा आईपीओ जारी गर्न नपाउने भन्दै त्यस विषयमा विस्तृत विवरण पठाउन निर्देशन दिएको थियो । सोही अनुरूप प्राधिकरणले सम्बन्धित बीमा कम्पनीलाई उक्त रकम रिजर्भमा राख्न निर्देशन दिएको हो ।
बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरि उक्त प्रिमियमको रमक बाट बोनस वितरण गरेर आफ्नो चुक्ता पुँजी वृद्धि गर्ने योजना बनाएका थिए । तर, बीमा प्राधिकरणले बीमा कम्पनीको उक्त योजना सफल नहुने देखिएको छ ।
प्राधिकरणले तोकेको नियम अनुसार अहिले जीवन बीमा कम्पनीले आफ्नो चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीले आफ्नो चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था रहेको छ । तर, बीमा प्राधिकरणले तोकेको सीमामा धेरै बीमा कम्पनी पुग्न सकेका छैन्न । यस कारण बीमा कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गरेर बोनस बाँड्ने योजना बनाएका हुन ।