काठमाडौं - साहस उर्जाको आइपीओमा बिहीबार बेलुकी सम्ममा करिब १३ लाखले आवेदन दिएका छन् ।
बिहीबार साँझ ५ बजेसम्ममा १२ लाख ७१ हजार जना आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.८८ गुणा बढी हो । साहस उर्जाले आज असोज ६ गते देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।