• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

काँग्रेस सरकारलाई शेयर बजारको हरियो कार्पेट,१६ अंकले नेप्से बढ्दा कारोबार रकम भने घट्यो

काठमाण्डौ । नेपाली शेयर बजारले नयाँ सरकारलाई स्वागत हरियो कार्पेटले गरेको छ । 

सोमबार सर्वोच्च अदालतको फैसलासँगै घटेको बजार आज भने दोहोरो अंकले बढेको छ । नेप्से १६ अंकले बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । आज ५ अर्व ५४ करोड बराबरको शेयर कारोबार भएको छ । 

 कारोबारमा आएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ को परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.०३ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंकको १.५४ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन ०.३९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४५ करोड ४७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया