नेप्सेमा आइतबारदेखि हट्न लागेको "AON" भनेको के हो ? शेयर लगानीकर्ताले बुझ्नै पर्ने कुरा यस्तो छ

काठमाडौं - असार २० गतेदेखि नेप्सेमा खरिद र बिक्री दुवै तर्फ AON प्रावधान हट्दै छ । 

यो प्रावधान साना लगानीकर्ताको हितमा रहे पनि ठूला लगानीकर्ताले भने यो विधिको दुरुपयोग गरेर बजारमा चलखेल गरेको धेरैको गुनासो छ । 

के हो त AON भनेको ? 

TMS प्रयोग गरेर खरिद बिक्री गर्दा यो विकल्प देखिन्छ । All Or Non यसको पूरा रूप हो । आफूले खरिद वा बिक्री गर्न लागेको शेयर एकै पटकमा पुरै खरिद वा बिक्री हुने प्रावधान हो AON । 

आइतबारदेखि यो प्रावधान खरिद र बिक्री दुवैमा हट्दै छ । यो हटेपछि आफूले किन्न वा बेच्न राखेको शेयर आंसिक खरिद बिक्री पनि हुन सक्ने छ । 

कतिपय ठूला लगानीकर्ताले ठूलो परिणाममा खरिद अर्डर वा बिक्री अर्डर गरेर AON प्रावधानको दुरुपयोग गरेको गुनासो आइरहेको छ । तर यो विकल्प हट्दा साना लगानीकर्ताहरुलाइ अन्याय हुने गुनासो छ । 

 

 

प्रतिक्रिया