• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

सानीमा लाईफ इन्स्योरेन्सको शेयर बाँडफाँड आज ११ बजे ,१५ लाखको हात खाली हुने

काठमाडौं–सर्वसाधारणका लागि आईपीओ जारी गरेको सानिमा लाइफ इन्स्योरेन्सको आज ११ बजे शेयर बाँडफाड हुने भएको छ । 

 विक्री प्रबन्धक प्रभु क्यापिटलले विहीवार प्रि अलोटमेण्ट सम्पन्न गरेको थियो सम्पन्न । 

कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको थियो । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो । उक्त शेयर १० कित्ताको दरले ५ लाख ४० हजार जना आबेदकले पाउनेछन ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया