चन्द्रागिरी जस्तै अर्को केबल कार कम्पनीले पनि आईपीओ निष्कासन गर्ने 

काठमाण्डौ । पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लगानीकर्ता माझ निकै लोकप्रिय छ । यसै बीच यस्तै प्रकृतिको अर्को नयाँ कम्पनीको पनि शेयर निष्कासन हुने भएको छ । 

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनी हो कालिन्चोक दर्शन लिमिटेड । यो कम्पनीले १२ करोड रूपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणमा सेयर जारी गर्ने भएको हो। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इनभेस्टमेन्ट बैंकिङ रहेको छ। 

कम्पनीलाई केयर रेटिङले बी प्लस रेटिङ दिएको छ। दायित्व भुक्तानीको आधारमा कम्पनीको जोखिम मध्यम रहेको यसले संकेत गर्छ। 

कम्पनीले हाल दोलखास्थित कुरीमा केबल कार सञ्चालन गरिरहेको छ। यद्यपि अनुकुल मौसमले कम्पनीलाई प्रभाव पार्न सक्ने भविश्यमा समस्या आएमा  कम्पनीको नाफादरमा प्रभावित हुनसक्ने छ। 

कालिन्चोक दर्शन लिमिटेडको आम्दानी मुख्यतया पर्यटन क्षेत्रबाट हुने गरेको छ। कम्पनीको आम्दानी वर्षा ९जुलाई(सेप्टेम्बर०को समय घट्ने गरेको छ भने जाडो मौसम ९नोभेम्ब(मार्च० महिनामा बढ्ने गरेको छ। 


गत आव २०७७र०७८ मा कम्पनीको कुल सञ्चालन आम्दानी ३ करोड ७० लाख रूपैयाँ पुगेको थियो। गत आवको जुलाई मध्यसम्ममा मात्रै कम्पनीको ऋण २२।२ करोड रूपैयाँ पुगेको थियो भने यसको सेयर पुँजी २९।५ करोड बढी पुगेको थियो।

कम्पनीले हाल जारी गरेको आइपिओ ऋण तिर्न प्रयोग हुन सक्ने केयर रेटिङ्स नेपालले जनाएको छ।

कम्पनीको ब्याज, लिज, ह्रास खर्च र करअघिको नाफा मार्जिन बढेको छ।  यो ४९।९३ प्रतिशत रहेकोमा गत आवमा ६५।३० प्रतिशत पुगेको छ।  

कालिन्चोक दर्शन लिमिटेडले गत आवमा मात्रै २१ करोड रूपैयाँको आम्दानी भने गरेको छ। कम्पनीले कालिन्‍चोकमा सञ्चालन गरिरहेको केबल कार एक किलोमिटर लामो दुरीमा छ। यसले प्रतिघण्टा एक तर्फी १९२ यात्रु ओसारपसार गर्न सक्छ।

प्रतिक्रिया