न्यादी हाइड्रोको शेयरमा आवेदनको ओइरो,कतिले दिए आवेदन ?

काठमाण्डौ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिनेको ओइरो लागेको छ । 

साेमबार साँझसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जना आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ११.५१ गुणा धेरै हो । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय