करिब ९ लाखले शेयर पाउने मध्य भोटेकोशीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । भर्खर मात्र आइपीओ निष्कासन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमा १५ लाख बढीको आवेदन परेको छ । 

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म १५ लाख ६२ हजार १८० जना आवेदकले २ करोड ३५ लाख ९२ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २.८८ गुणा बढी आवेदन परेको हो । 

कम्पनीले असोज २० गतेमंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । 

जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय