रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । लामो सयमदेखि निराश रहेका लगानीकर्तालाई शेयर बजारले आज भने खुसी दिएको छ ।
साताको पहिलो दिन नेप्से करिव ७५ अंकको बृद्धिसँगै समग्र बजार २९०० विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकमा समेत उल्लेख्य बृद्धि भएको छ । २२५ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ८ अर्व माथिको कारोबार भएको छ ।
कारोबार भएका मध्य १७८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने केहि कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ । आज करिव ३ दर्जन कम्पनीको शेयर मुल्यमा सर्किट लेवलमा कारोबार भएको छ भने नेप्सेका सबै उपसूचकहरुमा हरियाली छाएको छ ।
आज गैर जिवन वीमा कम्पनीका शेयर धनिहरु मालामाल भएका छन भने एनआइसी एसिया बैकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ ।