काठमाडौं - नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनीहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् ।
यस अघि माछापुच्छे् बैंक र सानीमा बैनले बोनस घोषणा गरिसकेको अवस्थामा अरु बैंकहरु पनि चाँडै बोनस घोषणा गर्ने तयारीमा रहेका छन् ।
यसै बिच प्राइम लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई १५.८७% लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले १५ % बोनस सेयर र कर प्रयोजनको लागि ०.८७% नगद लाभांश दिने प्रस्ताव गरेको हो । नियामक बिमा समिति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।