आइतबार नेप्सेमा दोहोरो अङ्कको सुधार सर्वोत्तमका लगानीकर्तालाई राहत

काठमान्डौ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ, भने कारोबार रकममा पनि बिस्तारै सुधार हुँदै गएको देखिन्छ। 

करिब २३ अङ्कले बढेर समग्र २ हजार २७ बिन्दु नजिक पुगेको छ । 

करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा कारोबार रकम भने ४ अर्ब२२ करोड माथि पुगेको छ। यो केही समय यताको सबैभन्दा धेरै कारोबार रकम हो। 

लगातार ५ दिनसम्म घटेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य समेत आज ४% भन्दा धेरैले बढेको छ। 

आज फाइनान्स र बीमा समूहमा लगानीकर्ताको निकै चाम देखियो। नेपाल प्रहरी बीमा कम्पनीको संस्थापक सेयर आज धेरै मूल्यको खरिद बिक्री भएको छ।

प्रतिक्रिया