मंलबार नेप्सेमा अर्धसतको पहिरो,लगानीकर्ता किन आत्तिए ?

काठमाण्डौ - साताको तेस्रो दिन नेप्सेमा ४७ अंकको पहिरो गएको छ । योसँगै कारोबार रकम पनि ६ अर्व ७२ करोडमा सिमित भएको छ । 

आजको गिरावटले नेप्से २८२८ विन्दुमा झरेको छ । लगानीकर्ताहरु अत्तिएर शेयर विक्री गर्न खोज्दा विक्रि चाप परेर नेप्से घटेको हो । २२३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ३५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १४६ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । साथै २ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको रहेको छ । 


आज फाइनान्स सेक्टरका लगानीकर्ताहरुले सबै भन्दा धेरै गुमाएका छन भने लद्युवित्तका लगानीकर्ताहरुले कमाएका छन । गैर जिवन विमा कम्पनीको उपसूचक आज सबै भन्दा धेरै घटेको छ भने लद्युवित्तको क्षेत्र सबै भन्दा बढि बढेको छ । 

राधी विद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार हुँदा प्रोग्रेसिप फाइन्सान्सका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन । अन्य क्षेत्र सामान्य बन्दै गएपछि यो क्षेत्रमा लगानी गर्नेहरु अत्तिएर शेयर विक्री चाप बढेको धेरैको बुझाइ छ । तर केहिले भने धितोपत्र बोर्डको सूचिले नेप्सेलाई दिर्घकालीन असर गरेको बताउछन ।

प्रतिक्रिया