काठमाण्डौ - न्यादी हाइड्रोपावरको साधारण शेयर[आईपीओ) आज बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
बाँडफाँड भए पनि अझै नतिजा हेर्न मिल्ने भने भएको छैन । अब केही घण्टामा आइपीओ हेर्न मिल्ने बन्ने छ ।
नतिजाको लागि यहाँ जान सक्नुहुन्छ ।