नेप्से ओरालो यात्रामा अपी पावरको सर्वाधिक कारोबार, लगानीकर्तामा उत्साह

काठमाडौंं - बुधबार नेप्सेमा १३.९० अंकको गिरावट आएको छ। आज नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण काबेली, एनआईसी एशिया, हिमालयन डिष्टिलरी, नाग्दी पावर, अपर तामाकोशी, स्टान्डर्ड च्याटर, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र सानिमा माईको सर्वाधिक कारोबार भएको हो।

आज नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको हो । त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।

प्रतिक्रिया