तेह्रथुम पावरको शेयर किन दाेस्राे बजारमा कारोबार हुन सकेन ? आउँदो हप्ता होला ?

काठमाडौं - शेयर बाँडफाँड भएको १५ दिन हुन लाग्दा पनि तेह्रथुम पावरको आइपीओ दाेर्सो बजारमा कारोबार हुन सकेको छैन । 

सामान्य तया शेयर बाँडफाँड भएको १० दिन सम्ममा कारोबार हुने भए पनि यो पटक धेरै सार्वजनिक बिदा परेको कारण समयमा कारोबार हुन सकेको छैन् । 

कम्पनीले भाद्र २५ गते शेयर बाँडफाँड गरेको थियो । कम्पनीले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार आउँदो हप्ता सम्म कारोबार गर्ने गरी तयारी अगाडि बढेको छ । 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो  । 

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन खुल्ला गरिएको थियो ।

प्रतिक्रिया