काठमाण्डौ । साताको दोस्रो दिने नेप्से परिसुचक ७३ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६८५ विन्दुमा झरेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटे पछि नेप्सेमा दवाव सिर्जना भएको हो । २२७ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा पाँच अर्व १२ करोड बराबरको कारोबार भएको छ ।
कारोबार भएका मध्य ३ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।
बीमा उपसूह सबै भन्दा धेरै घट्दा मनकामना लद्युवित्त र मैलुङ खोला जलविद्युतको कम्पनीको शेयर मुल्य भने सर्किट लेवलमा पुगेको छ । अरुण भ्यालीको शेयर सबे भन्दा धेरै खरिद विक्री हुँदा वित्त क्षेत्रका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन ।