काठमाण्डौ । अघिल्लो हप्ता मात्र दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयर मूल्य एक हजार ८८ पुगेको छ ।
आज शेयर मूल्यमा सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य हजार माथि पुगेको हो । आज यो कम्पनीको शेयर मूल्य कारोबार सुरु भएको १ घण्टामै सर्किट हानेको थियो ।
थोरै मात्रामा शेयर सप्लाई भएका कारण यो कम्पनीको शेयर विक्री निकै न्युन रहेको छ भने खरिद माग १३ लाख भन्दा धेरै रहेको छ ।