काठमाडौं - साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ । कतिले निर्वाचनलाई शेयर बजारले स्वागत गरेको समेत बताएका छन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच हुदाँ ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको थियो ।
बिहिबार रिडि पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १४ करोड ३९ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सिक्लेस हाइड्रोपावर र सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर २.९७ प्रतिशतले घटेको हो ।