निरन्तर ओरालो लाग्दै नेप्से, हिमालयन रिइन्सुरेन्सको शेयर मूल्य घट्यो

काठमाडौं -नेप्से ओरालो लाग्ने क्रम बुधबार पनि रोकिएन। आज परिसूचक १० दशमलव २ ५ बिन्दुले घटेर समग्र सूचक २०८८ बिन्दुमा आएको छ। 

केही दिन यता निरन्तर घटिरहेको नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ। आज ३ अर्ब८९ करोड भन्दा माथिको कारोबार भएको छ। 

कारोबार भएकामध्ये अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि दुई कम्पनीको सेयर मूल्यमा भने सर्किट लागेको छ। आज पनि चन्द्रागिरी हिल्स कम्पनीको सेयर मूल्य १०%ले बढेको छ । 

हिमालयन रिइन्सुरेन्सको सबैभन्दा धेरै मूल्यको कारोबार हुँदा उपसूचक अन्तर्गत बैंकिङ बाहेक सबै उपसूचक घटेका छन्। आज insurance उपसूचकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय