काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ११५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार ५ बजेसम्ममा लघुवित्तको आईपीओमा २२ लाख ३८ हजार ७५७ जना आवेदकले २ करोड ५४ लाख ९ हजार ४४० कित्ता शेयरका लागि २ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते, शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
नेपालमा तरलता अभाव भइरहेको भनिए पनि प्राथमिक बजारमा लगानीको लागि व्यापक पूँजी रहेको देखिएको छ ।