काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । विहीबार दोहोरो अङ्कले बढेको बजार आज शुक्रवार पनि बढेर नै बन्द भएको छ ।
आज नेप्से १२.९२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१४० विन्दुमा पुगेको छ । २१६ कम्पनीहरूको शेयर किनबेच हुँदा २ अर्ब १९ करोडमाथिको कारोबार भएको छ ।
जलविद्युत र गैरजीवन बिमा समूह बाहेक सम्पूर्ण उपसूचकमा आज हरियाली छाएको छ भने विकास बैंक उपसमूहमा सबै भन्दा धेरै चमक आएको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढेको छ ।
मौद्रिक नीतिले ४/१२ को सीमालाई परिर्वतन गरेर १२ करोडको बनाएपछि त्यसको प्रभाव शेयर बजारमा देखिन थालेको छ ।