काठमाण्डौ - बुधबार प्रिओपन सेसनमा नेप्से करिव ११ अंकले बढेर समग्र बजार ३१ ७२ विन्दुमा पुगेको छ । यो उचाई नेप्सेको अहिले सम्मकै उच्च विन्दु हो ।
मंगलबार पनि नेप्से अर्थकतक भन्दा धेरैले बढेर बजार बन्द भएको थियो । यो सेसनमा आज ७६ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जसमध्य ५९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ६ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
दुई दर्जन हाराहारी कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोबार हुँदा तीन करोड ६७ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । आज कृषी विकास बैकको सबै भन्दा धेरै कारोबार भएको छ ।