बुधबार सामान्य अङ्कले घट्यो नेप्से,कारोबार रकम २ अर्बमाथि

काठमाडौं - पछिल्ला केही दिन नेप्से निरन्तर ओरालो लागिरहेको छ । बुधवार पनि बजार ३.४३ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६ दशलवम ७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। उक्त दिन चार वटा उपसमूह मात्रै बढेका छन् । त्यसबाहेकका अन्य सबै समूहहरु राताम्य बनेछन् ।

आज जीवन बीमा समूह ५१.६० अंक, माइक्रोफाइनान्स समूह ६४.५५ अंक र म्युचुअल फन्ड ०.०७ अंकले वृद्धि भएको छ । तर, बैंकिङ्ग, विकास बैंक, होटेल तथा पर्यटन , जलविद्युत लगायतका समूहरु राताम्य बनेका हुन् ।

आज कारोबार रकममा भने केही सुधार देखिएको छ। मंगलबार २ अर्ब २९ करोड बढीको सेयर किनबेच भएको थियो ।तर, आज भने बढेर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ। बुधवार कुल ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच भएको हो ।

 

 

प्रतिक्रिया