काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से ४ अंक भन्दा धेरैले बृद्धि भएको छ ।
आइतबार पनि दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आजको बृद्धिसँगै समग्र नेप्से २५८८ विन्दुमा पुगेको छ । यो सेसनमा आज १८ कम्पनीहरुको २८ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । किनबेच भएका शेयर मध्य १२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य भने घटेको छ । नेपाल बैकको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा एक दर्जन हाराहारीका कम्पनीको शेयर मुल्य २ प्रतिशले बढेको छ ।
निरन्तर ओरालो लागेको बजार शेयर धितो कर्जाको सिमा हटाउन लागेको हल्लाले भने पछिल्ला केहि दिन बढ्न थालेको छ ।