काठमाडौं–बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणलाई असोज ११ गतेबाट सेयर जारी गर्ने भएको छ। अंकित मूल्य १०० रुपैयाँको सेयर असोज १४ गतेसम्म भर्न पाइने छ।
कम्पनीले ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। अर्को १६ हजार कित्ता कर्मचारीलाई दिइने छ। बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले खरीद गर्न पाउने छन् । कम्पनीको सेयरमा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। बढिमा ५० हजार कित्ता आवेदन दिन पाइन्छ।
कम्पनीले विकास गरिरहेको आयोजनाको जडित क्षमता ४.९९ मेगावाट छन्। यसको प्रति मेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ छ। कम्पनीले कुल एक अर्ब १९ करोड रुपैयाँमा परियोजना सक्ने लक्ष्य राखेको छ।