काठमाण्डौं - सन् २०२५ को सुरु भएदेखि डलरको मूल्य दैनिक नयाँ उचाइमा पुग्दै छ। नेपाल राष्ट्र बैंकका अनुसार आज तेस्रो दिन पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा र खरिददर १३६ रुपैयाँ ९१ पैसा कायम भएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात् बिहीबार डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा थियो भने खरिददर १३६ रुपैयाँ ७४ पैसा। एक दिनमै डलरको मूल्य १७ पैसा वृद्धि भएको छ।
अन्य विदेशी मुद्राहरूको पनि मूल्य अद्यावधिक गरिएको छ। युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा छ। युके पाउन्ड स्टर्लिङको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै, साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
अन्य मुद्राहरूमा थाई भाट एकको खरिददर ३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४ रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ।
राष्ट्र बैंकका अनुसार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७३ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १६ पैसा कायमगरिएको छ।