• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

रुरु जलविद्युत कम्पनीको लाभांस घोषणा

काठमाण्डौ । वैशाख तेस्रो साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार थालेको रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ का लागि लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट चुक्तापुँजीको १०।५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। आईपीओ बाँडफाँड भने गत वैशाख ३ गते गरिएको थियो। 

प्रतिक्रिया