साताको अन्तिम दिन पनि घट्यो नेप्से,कारोबार रकम स्थिर

काठमाडौं । पछिल्ला केही दिन नेप्से निरन्तर ओरालो लागिरहेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार बजार ३.२४ अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक पनि २ हजार बिन्दु तल नै छ । सो दिन परिसूचक १९६५.९३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज फाइनान्स समूह ६२.५३ अंक, लाइफ इन्स्योरेन्स ४३.८३, निर्जीवन बीमा समूह २०.८९ अंक, व्यापार समूह ३.२४ अंक र म्युचुअल फन्ड ०.०८ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु भने घटेका छन् ।

उक्त दिन कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनेबच भएको छ ।

उक्त दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको ११ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस्तै, आज मल्टप् पर्पस फाइनान्सको ९ करोड ४० लाख, पिपुल्स पावरको ८ करोड ५९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया