बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँड

काठमाडौंं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक १४ गतेदेखि कार्तिक २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू कार्तिक २८ गते, साेमबार खोलिएर कार्तिक २९ गते, मंगलबार बाँडफाँड गरिएकाे हाे । लिलामी सेयरमा एक सय ९१ रूपैयाँ ३४ पैसा कट अफ कायम भएकाे छ ।
बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा आज (मंसिर २ गते, शुक्रबार) बाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गरेको थियाे । 

प्रतिक्रिया