• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

नयाँ लगानीकर्तालाई खुसीको खबर - भाद्र ९ गतेबाट नयाँ आइपीओ आउने पक्का

काठमाण्डौ - साउन महिनामा ४ आइपीओ सार्वजनिक भएकोमा त्यो क्रम भाद्रमा पनि निरन्तरता पाउने भएको छ । 

यही भाद्र ९ गतेबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। 

कम्पनीको उक्त आईपिओमा  भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर ९आइपीओ० लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

 

प्रतिक्रिया